Logo
७ आश्विन २०८१, सोमबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय सेना प्रमुख नरवाणे काठमाडौं आइपुगे

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी बुधवार नेपाल आएका हुन् ।

भारतीय सेनाको विशेष विमानमार्फत ४ सदस्यीय टोलीसहित बिहान ११ः४५ बजे नरवाणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सैनिक स्रोतले जनाएको छ ।

उनी विमानस्थलबाट सोझै सोल्टी होटल गएका छन् । बुधवार कुनै औपचारिक भेटघाटको कार्यक्रम नभए पनि उनी पशुपतिनाथ क्षेत्रमा दर्शनको लागि जाने कार्यक्रम तय भएको जनाइएको छ ।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ उपाधि दिने कार्यक्रम छ ।

नेपाली सेनाले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुने तथा प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्ने कार्यक्रम समेत छ । नेपाल–भारत सीमा विवाद बढेको समयमा भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्त्व र चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्