Logo
१३ मंसिर २०८१, बिहीबार
(November 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प र बाइडनबीच तीव्र प्रतिस्पर्धा, मतगणनामा बाइडन अगाडि

अमेरिकामा नयाँ राष्ट्रपति छनोटका लागि मङ्गलवार भएको निर्वाचनमा डोनल्ड ट्रम्प र जो बाइडन बीच कडा प्रतिष्पर्धा देखिएको छ ।

अमेरिकामा नयाँ राष्ट्रपति छनोटका लागि मङ्गलवार भएको चुनावी मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा पनि आउन थालेको छ ।

प्रारम्भिक नतिजा अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प भन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडि देखिएका छन् ।

हालसम्म ५० राज्यमध्ये २० राज्यको नतिजा आइसकेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जसमध्ये बाइडनले ९४ इलेक्ट्रोल भोट पाएका छन् ।

ट्रम्पको पक्षमा भने ८० इलेक्ट्रोल भोट परेको छ । १८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् ।

त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।

सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ ।

फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ ।

यसपटक अमेरिकी राष्ट्रपति निर्वाचनमा उल्लेख्य मतदान भएको थियो । निर्वाचनमा निकै कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएअनुसार नै मतगणनाको नतिजा देखिएको छ ।

तर, ट्रम्पले मुख्य राज्यहरुमा यसअघि प्रक्षेपण गरेभन्दा पनि राम्रो मत पाउन सके ।बीबीसी

 

प्रकाशित मिति: Nov 4, 2020

प्रतिक्रिया दिनुहोस्