Logo
७ आश्विन २०८१, सोमबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले कुनै पनि नेपाली भूमी मिचेको छैन् : चिनियाँ विदेश मन्त्रालय

चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ विइमिनले सञ्चारमाध्यममा आएका समाचार खारेज गर्दै यो चीनिया भूभागमै चीनले भवन निर्माण गरेको दाबी गरेका हुन्।

मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सीमा मिचिएका समाचारहरु हल्ला हुन् । समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा अगाडि स्रोतसँग भेरिफाई गर्न म आग्रह गर्छु । म तपाईंहरुलाई फेरि भन्छु यस्तो रिपोर्टहरु पूर्णरुपमा हल्ला हुन् । यो कुनै तथ्यमा आधारित छैन् ।’

यसअघि दुई पटकसम्म चिनियाँ पक्षले हुम्ला सीमानामा नेपाली भूमि नमिचेको दाबी गरिसकेको छ। तेस्रो पटक विदेश मन्त्रालयले नै धारणा सार्वजनिक गरेको हो। चीनले हुम्लाको नाम्खामा पर्ने नेपाली भूभागमा ११ वटा अत्याधुनिक भवन बनाएको कुरा सार्वजनिक भएलगत्तै सीमा मिचिएको कुरा सार्वजनिक बताइएको थियो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको दाबी गरेको थियो। कांग्रेसको अध्ययन टोलीले गरेको स्थलगत अध्ययनपछि यस्तो आरोप लगाएको थियो।

यो कुरालाई चीनले खण्डन गर्दै यो पूर्णरुपमा हल्लामात्र भएको र यसमा विश्वास गर्ने आधार नभएको दाबी गरेका छन्। नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्भे र मापनको काम गरेका थिए।

सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो। चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँमा व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको दाबी गरेका थिए।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्