२० देखि ४० वर्ष उमेर समुहका मानिसबाट कोरोना सबैभन्दा बढी फैलन सक्ने खतरा : WHO
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरस २० देखि ४० वर्ष उमेर समुहका मानिसबाट सबैभन्दा बढी फैलिएको डब्लूएचओले बताएको छ।
यी उमेर समुहका अधिकांशं मानिसलाई संक्रमण भएको समेत थाहा नहुने हुनाले पनि संक्रमण फैलन सक्ने खतरा बढ्दै गएको भन्दै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।
रोगी र अत्यधिक जनघनत्व रहेको स्थानमा अझ बढी जोखिम रहेको भन्दै थप सतर्कता बढाउन संगठनले जोड दिएको छ ।
यसैबीच, उत्तर अमेरिका र एसियाका केहि क्षेत्रमा कोरोना भाइरसको जीनमा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । सो परिवर्तन अत्याधिक संक्रामक हुनसक्ने भएपनि कम घातक रहेको पनि पत्ता लागेको हो ।
सङ्क्रमक रोगको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष पाउल टेम्वियाले केहि देशमा भाईरसको जीनमा आएको परिवर्तनले त्यहाँ मृत्युदर कम देखिएकाले कम घातक हुँदै गएको देखिएको बताए ।
विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड ३७ लाख नाघेको छ । जसमध्ये ११ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।
पछिल्लो तथ्यांक अनुसार ३ करोड २१ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ४ लाख सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमित संख्या बढिरहेको छ ।