Logo
७ आश्विन २०८१, सोमबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारदेखि क्लिन फिड प्रसारण अनिवार्य लागू हुने सरकारको दावी

नेपालमा शुक्रवारबाट अनिवार्य रुपमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएको छ । गत कात्तिक ४ गते गतेको मन्त्रिपरिषदको निर्णय बिहीवार सार्वजनिक गर्दै सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेबाट नेपालमा विज्ञापनरहित विदेशी टिभी च्यानलमात्र प्रसारण गर्न पाइने बताए ।

विसं २०७६ कात्तिक ८ गते देखि लागू भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ ।
मन्त्रालयका अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्ष अर्थात् विसं २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ ।

अव नेपाली सञ्चार माध्यमले विदेशी विज्ञापनलाई डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था रहेको छ । सो को नियमावली समेत लागू भइसकेको छ ।
उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्धहरु गरिसकिएको पनि मन्त्रालयले बताएको छ ।

मन्त्रालयले कात्तिक ८ गतेदेखि प्रसारण संस्थाले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गरे / नगरेको सम्बन्धमा निरन्तर अनुगमन हुने पनि बताएको छ ।

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्