बालुवाटारमा सुरक्षा परिषद्को बैठक जारी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझदेखी बैठक चलिरहेको हो ।
परिषद्मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् । साथै, रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने व्यवस्था छ ।
बैठकमा मुलुकमा शान्ति सुरक्षाको अवस्था र विकसित घटनाक्रमबारे छलफल चलिरहेको छ । सैनिक स्रोतका अनुसार बैठकमा मुलुकका सुरक्षा चुनौती र प्रतिकार्यबारे छलफल चलिरहेको छ ।
नेपाली सेनाको पृतनापतिहरुको दुई दिने सम्मेलन सकिएको भोलिपल्टै सुरक्षा परिषदको बैठक बोलाइएको हो । सम्मेलनले कोभिड- १९ को बढ्दो संक्रमण र विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौती मानेको थियो ।