Logo
६ आश्विन २०८१, आईतबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले थप २२ जनाको ज्यान लियो, २ हजार ७१ नयाँ संक्रमित थपिए

कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्