Logo
१३ मंसिर २०८१, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति ट्रम्पबाट अब अरुमा कोरोना संक्रमण फैलिने सम्भावना छैन् : डाक्टर

अमेरिकी राष्ट्रपति  ट्रम्पबाट अब अरुमा कोरोना संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् ।

डा. शन कन्लीले अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने सम्भावना छैन । उनले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
ट्रम्प संक्रमण मुक्त भइनसकेकाले उनबाट अरुमा संक्रमण फैलिन सक्ने भन्दै चासो व्यक्त भएको छ।

तर डाक्टरले दिएको पछिल्लो जानकारीमा ट्रम्पमा सक्रिय रुपमा भाइरस बिस्तार भएको प्रमाण नभेटिएको र भाइरल लोड घट्दो क्रममा रहेकाले उनीबाट अरुमा संक्रमण नफैलिने उल्लेख छ ।

तर डाक्टरले दिएको जानकारीमा ट्रम्पको पछिल्लो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भने उल्लेख गरिएको छैन । यसअघि नै ट्रम्पले शनिबार ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम गरी आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्