Logo
२३ भाद्र २०८१, आईतबार
(October 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप १४ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ६१४ पुग्यो

सांकेतिक तस्विर

नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै,सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको  मन्त्रालयले जनाएको छ।

नेपालमा हाल कुल मृत्युदर ०.५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Oct 10, 2020

प्रतिक्रिया दिनुहोस्