डा. केसीको समर्थनमा नेविसंघको प्रदर्शन
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलई दबाब दिन विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । उनले सरकार डा. केसीका माग पूरा गर्न गम्भीर नदेखिएको आराेप पनि लगाए ।
काफ्लेले सरकार आफ्नो पार्टीका नेताहरूको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताए ।
विरोध प्रदर्शनमा विद्यार्थी नेता विभिन्न ब्यानेरसहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दाबाद’, ‘दुरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विधार्थी उपस्थित भएका थिए ।