कोरोनाको खोप अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउने चीनको तयारी, WHOसँग छलफल गर्दै
चीनले विकास गरेको कोरोना विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे डब्लूएचओसँग कुरा गरेको छ ।
डब्लूएचओका अधिकारीहरुका अनुसार चीनले उक्त खोपको आपतकालिन प्रयोगका लागि डब्लूएचओसँग प्रारम्भिक छलफल गरेको थियो ।
चीनले हाल आफू खोप विकासको अन्तिम र निर्णयक चरणमा पुगिसकेको जनाएको छ । र उसले चारवटा खोप समानान्तर रुपमा विकास गरिरहेको छ ।
चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वसनीयताबारे विज्ञहरुले सुरक्षा चासो उठाएका छन्
दुई वटा राज्यनियन्त्रित कम्पनी चाइना नेश्नल बायोटेक ग्रूपले बनाएको छ भने अरु दुई खोप सिनोभेक बायोटेक र क्यानसिनो बायोलोजिक्स ग्रूपको सहकार्यमा विकास भइरहेका छन् ।
उनीहरुले ती खोप पाकिस्तान, ब्राजिल, रुस र यूएईमा परीक्षण गरेका छन् । गत महिना यूएईले चिनियाँ खोपलाई आपतकालिन परीक्षणको अनुमति दिएको हो ।