Logo
१३ मंसिर २०८१, बिहीबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज, छिट्टै नै चुनाव प्रसार सुरु गर्ने

कोरोना पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएपछि तीन दिन अघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका थिए ।

उनले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन् ।ट्रम्प पुरै निको नभएपनि घर लान सुरक्षित भएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन्।

राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ ।अब उनको उपचार ह्वाइट हाउसमै हुनेछ ।

अस्पतालबाट बिदा भएका ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् । साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।

३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित भएका हुन् ।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्