Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौडेल, शर्मा, पाण्डे नवमन्त्री बन्दै पोखरेल, पुन, यादवलाई हटाइने केहि मन्त्रीको जिम्मेवारी हेरफेर !

सत्तासिन नेकपाको आज दिउँसो ४ बजे सचिवालयको बैठक बोलाइएको छ । बैठकले क्याबिनेट हेरफेर भन्दा पनि रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री थप्ने बालुवाटारको प्रस्तावलाई मूर्त रूप दिइने भएको छ ।

तर समाचार श्रोतका अनुसार सचिवालयमा प्रस्ताव नै नल्याई दुई जना अध्यक्षको सहमतिमा तीन जना मन्त्री थपिने सम्भावना छ ।

उच्च स्रोतका अनुसार आज साँझसम्म नयाँ मन्त्री बन्ने सूचीमा पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेलको नाम पक्कापक्की छ । भने सम्भवतःअर्थ मन्त्रीमा पौडेल र सञ्चार या शहरी बिकास मन्त्रीमा जनार्दन शर्माको नाम पक्कापक्की देखिएको छ ।

सञ्चारप्रति सँधै अरुचि देखाएका शर्माले पार्टीभित्र उत्पन्न पछिल्लो असहज अवस्थामा सँगै खटिएका पौडेललाई अर्थ मन्त्रालय दिँदा आफूलाई कम्तिमा गृह हुनुपर्ने भन्दै चर्को लबिङ्ग शुरु गरेको बताइन्छ ।

शहरी विकास मन्त्रीमा प्रस्तावित नेकपा नेता सुरेन्द्र पाण्डेले भने आफ्नो रुचिबेगरको मन्त्रालय नस्वीकार्ने जानकारी अध्यक्षद्वयलाई दिएका छन् ।

स्रोतका अनुसार बालुवाटार अपडेट : 

नयाँ मन्त्री बन्नेहरु :
-विष्णु पौडल, सम्भवतः अर्थ मन्त्री
-जनार्दन शर्मा, संचार वा शहरी बिकास
-सुरेन्द्र पाण्डे, संचार वा शहरी मध्ये कुनै एक

थप संभावितहरु : 
-भीम रावल
-प्रभु साह
-टोपबहादुर रायमाझी
-हरिबोल गजुरेल

कायम रहनेहरु : 
-इश्वर पोखरेल
-योगेश भट्टराई
-लेखराज भट्ट
-रामबहादुर थापा ‘बादल’
-भानुभक्त ढकाल

हटाईने सुची : 
-गिरिराजमणि पोखरेल
-शक्ति बस्नेत
-वर्षमान पुन ९तर पछि सम्बन्ध सुधारिएको०
-रामेश्वरराय यादव

जिम्मेवारी हेरफेर : 
-घनश्याम भुसाल
-पद्मा अर्याल
-जगत विश्वकर्मा

 

 

 

पार्टी एकीकरणदेखि दुई नेतावीच अनेक सम्झौताका साक्षी रुरु ९रुपन्देही र रुकुमे० बिष्णु र जनार्दनले भोलि थपिने क्याबिनेटमा पूर्व एमाले र माओवादीको प्रतिनिधित्व गर्नेछन् ।

बिष्णुको अर्थमन्त्रीमा नियुक्तिले पाँच नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ्ग सरेकोमा उत्पन्न आक्रोशलाई केही मत्थर पार्ने नेताहरुको हिसाबकिताब रहेको श्रोत बताउँछ ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम चर्चामा ल्याइए पनि उनी वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना देखिँदैन ।

यसबीच अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएका श्रृंखलाबद्ध भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी पक्षबाट हुनसक्ने मन्त्रीहरूको सम्भावित नाम समेत आफैँले प्रस्ताव गर्नुभएको बताइन्छ । वहाँले पटकपटक प्रचण्डसँग ‘टोपबहादुर रायमाझीलाई बनाउनुपर्यो । लेखराज भट्ट र रामबहादुर थापा ‘बादल’ लाई कायम राख्नुपर्यो । अनि प्रभु साहलाई पनि बनाउनु पर्यो । बरु,अरु नभए हरिबोल गजुरेललाई भएनि बनाम्’ भनेर धेरैपटक नामै तोक्नुभएको स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्रीले नै माओवादीको तर्फबाट बनाउने भनिएका मन्त्रीहरूको नामसमेत उल्लेख गर्न थालेपछि फालिने र राखिने मन्त्रीहरूको अनुमान गर्न थालिएको छ । प्रधानमन्त्री शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कुनैपनि हालतमा निरन्तरता नदिने पक्षमा देखिनुभएको बताइन्छ । पाठ्यक्रम र उपकुलपति नियुक्तिको विषयमा पोखरेल विवादमा तानिएका थिए ।

तर, उपकुलपति नियुक्तिमा सबै प्रधानमन्त्रीले चाहेबमोजिम गरिएको बताइन्छ । उपकुलपति नियुक्तिमा पोखरेलले गरेको सिफारिशलाई बालुवाटारले कुनै भाउ नदिएको स्रोतको दाबी छ । त्यसैगरी वनमन्त्री शक्ति बस्नेत पनि फालिने सूचीमा परेका छन् ।

यहि क्रममा वर्षमानलाई कुलमानको विषयमा डाम्ने र फाल्ने शंका गरिए पनि उनलाई कायम राख्नेमा प्रधानमन्त्री फेरि सकारात्मक हुनुभएको स्रोत बताउँछ । यसबीच पुनले प्रधानमन्त्रीसँग कम्तिमा पनि चार पटक भेट गरेर बिग्रेको कुरो मिलाइसकेको स्रोतको दाबी छ ।

तर,पूर्व एमालेतर्फबाट नियुक्त कृषि मन्त्री घनश्याम भुसालको बारेमा भने प्रधानमन्त्री कहिल्यै सकारात्मक देखिनुभएको छैन । आफू निकट भएपनि सहकारी मन्त्री पद्यमा अर्याललाई बिदा गर्ने मुडमा प्रधानमन्त्री देखिनुभएको छ । त्यसैगरी खेलकुद मन्त्री जगत विश्वकर्माले पनि बिदा पाउने निश्चित झैँ देखिन्छ ।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्