Logo
६ आश्विन २०८१, आईतबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विरोधी संसद्हरुलाई घिसारेर बाहिर निकाल्न रोष्टमबाटै मन्त्रीको ठाडो निर्देशन !

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका छन्।

आफूले बोलिरहेका बेला नाराबाजी र टेबुल ठटाइरहेका विपक्षी दलका सांसदलाई रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले बाहिर निकाल्न निर्देशन दिए।

आफूभन्दा अगाडि रहेका मर्यादापालकलाई निर्देशन दिँदै मन्त्री केसीले भने, ‘हेल्लो, समातेर हालि दिनुस्। घिसारेर निकालिहाल्नुस्। निकालिहाल्नुस्।’

योबेला कांग्रेस सांसदले संसदीय मर्यादा कायम् गर्न माग गर्दै नाराबाजी गरिरहेका थिए।

लगत्तै बोलेका मन्त्री केसीले थपे, ‘मान्य सदस्यहरू। बाहिर निकालिहाल्नुस्।’

मन्त्री केसीले कांग्रेस सांसदलाई संसदमा तोडफोड गरेको भन्दै बिपीले गिज्याइरहेको बताएका थिए।

संसदीय अभ्यासको नमूना कांग्रेसले प्रदेशसभामा तोडफोड गरेको उनको भनाइ थियो।

सभामुखले समय दिएपछि मन्त्री केसी सांसदले सोधेका प्रश्नको जवाफ दिन रोष्टम पुगेका थिए।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्