Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा विपक्षी कांग्रेसद्वारा प्रदेशसभामा तोडफोड

प्रदेश ५ स्थित दाङ्गको भालुवाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा त्यहाँको प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ।

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन्।

हाल रहेको जिल्लामै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका छन्।

यसअघि आजै कांग्रेसको विरोधका कारण बैठक रोकिएको थियो। दोस्रोपटक सुरु भएको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले छलफल गर्ने प्रस्ताव पेश गरेसँगै विपक्षीले नाराबाजी गरेका हुन्।

मर्यादा पालकले सांसदहरुलाई नियन्त्रण गर्न खोजे पनि सकेका छैनन्। प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सुरक्षाघेरामा बैठक चलाइ रहेका छन्।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्