Logo
६ आश्विन २०८१, आईतबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुद्धारा प्रदर्शन

स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

जुम्लामा १९ ‌औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी त्रिवि शिक्षण अस्पताल छन् । आवासीय चिकित्सकहरुको आयोजनामा गरिएको प्रदर्शनमा अनशनको २१ औं दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदेखएकोमा उनीहरुले खेद जनाएका थिए ।चिकित्सकहरुले डाक्टर केसीको जीवन रक्षाका लागि अब जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै सरकारी रवैयाको विरोध जनाएका छन् ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्