Logo
६ आश्विन २०८१, आईतबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैँ नजिकिएसँगै सरकारी अनुगमन टोली सक्रिय, फलफूलमा पनि व्यापारीको मनोमानी पाइयो

दसैँ नजिकिएसँगै सरकारी अनुगमन टोली सक्रिय बनेको छ । यसैक्रममा फलफूलमा पनि व्यापारीको मनोमानी हुने गरेको पाइएको छ ।

आइतबार काठमाडौं महानगर, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र विभागको संयुक्त अनुगमन टोलीले उपत्यकामा व्यवसायीले फलफूलमा मनोमानी दरमा बिक्री गरेको भेट्टाएको हो ।

काठमाडौंको चाबहिलदेखि कुलेश्वर र कलंकीदेखि कोटेश्वरसम्मका व्यवसायीले फलफूलमा पसलैपिच्छे फरकफरक मूल्य तोकको भन्दै अनुगमन टोलीले चार वटा पसललाई स्पष्टिकरणसहित उपस्थित  हुन पत्र काटेको छ ।

अनुमनमा टोलीले एकै प्रजातिको स्याउमा प्रतिकेजी १ सय २०, १ सय ५०, १ सय ८०, १ सय ९० र २ सय ५० मा बिक्री वितरण भइरहेको फेला पारेका हुन् ।

योसँगै तिवारी फ्रुट सन्टर, कृष फ्रुट सेन्टरले फलफूल आयत र बिक्रीवितरण गरेको बिलवीजक नराखेको भन्दै अनुगमन टोलीले कारबाहीका लागि विभागलाई पत्राचार गरेको छ ।

कुलेश्वर फलफूल बजारमा मात्रै १ सय ६२ वटा सटरबाट करिब दैनिक ५० लाख देखि ५ करोडसम्मको फलफूल बिक्री वितरण हुँदै आएको छ । व्यापार ठूलो मात्रामा हुने क्षेत्रमा नै मूल्यमा एक रूपता नहुँदा सर्वसाधारण पसलले तोकेको मूल्यमा नै खरिद गर्न बाध्य छन् ।

अनुगमनमा सहभागी कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले मूल्यमा एक रूपता कायम गर्न र व्यवसायलाई व्यवस्थित गर्न समितिमार्फत नेपाल फलफूल थोक व्यवसायी संघलाई अनुरोध गरेको बताए ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले व्यवस्थापनको कमजोरीले पसलेले मनोमानी मूल्य निर्धारण गरेको भन्दै सुधारका लागि तत्काल पहल थाल्ने बताए ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्