Logo
१६ कार्तिक २०८१, शुक्रबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतका न्यायाधीशहरुमा कोरोना देखिएपछि मुद्दा सुनुवाई प्रभावित

सर्वोच्चल अदालतका न्यायीधीशहरु लगायत केहि अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि सर्वोच्च अदातको मुद्दा सुनुवाई प्रभावति भएको छ ।

सर्वोच्च अदालतले सूचना जारी गर्दै न्यायाधीशहरु लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ।

‘यस अदालतका माननीय न्यायाधीश ज्यू लगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवम् त्यसबाट प्रभावित माननीय न्यायाधीश ज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन-सेल्फ-आइसोलेसनमा रहनुभएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ’, सर्वोच्चको सूचनामा उल्लेख छ।

यसअघि दैनिक १० देखि ११ वटा इजलासमा मुद्दा सुनुवाई हुँदै आए पनि आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ।

सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै इजलासको संख्या घटाइएको जानकारी दिएका छन्।

आइतबार बन्दीप्रत्यक्षिकरणको निवेदनको सुनुवाइका लागि समेत पेशी तोकिएको छैन । काठमाडौँ उपत्यकामा शनिबार मात्रै ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्