अब स्पेनमा कोरोना संक्रमण भए/नभएको १५ मिनेटमै थाहा पाउन सकिने
स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधिको विकास भएको छ ।
दोस्रो पटक कोरोनाको लहर सुरु भएको स्पेनमा अब १५ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने प्रविधि विकास भएको बीबीसीले जनाएको छ ।
अब स्पेनमा कोरोना भाइरस संक्रमण भए/नभएको १५ मिनेटमै पत्ता लगाउन सकिने भएको छ । ।
यो नतिजा ९५ प्रतिशत सही भएको स्पेनका स्वास्थ्य अधिकारीले दाबी गरेका छन् । अहिलेसम्म ८ लाख १० हजारमा कोरोना पुष्टि भएको स्पेनमा ३२ हजारको ज्यान गइसकेको छ ।
गएको २४ घण्टामा साढे ३ हजार नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय १३ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।