नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीसहित ४ जनामा संक्रमण पुष्टि
प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन।
सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र पिसिआर रिपोर्ट नेगेटिभ आएकाले स्वाब संकलन गरिएको थिएन ।
काँग्रेस पार्टी कार्यालय स्रोतका अनुसार संक्रमितह हुनेहरुमा केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत रहेका छन् ।
टेकुस्थिति इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको नेतृत्वमा गएको माइक्रो बायोलोजिस्टद्वय नविन पोखरेल र प्रसान्त राउतको टोलीले नेताहरुको स्वाब संकलन गरेको थियो ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काँग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसहित १५९ जनाको स्वाब संकलन संकलन भएकोमा रिपोर्ट आएका मध्ये ४ जनामा पोजेटिभ देखिएको हो।
काँग्रेस केन्द्रीय कार्यालयका कर्मचारी तथा विद्यार्थी नेता हरि खनालका अनुसार बिहीबार नेताहरुका सुरक्षा गार्ड, गाडी चालकको पनि पिसिआर परीक्षणका लागि स्वबा लिइएको थियो ।
साथै पार्टी कार्यालयमा सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो ।