धनुषामा ५ वर्षीय बालकलाई मलद्वारमा करणी गरेर घाँटी थिँचेर हत्या
प्रदेश २ स्थित धनुषामा अप्राकृतिक मैथुन गरी सालोको हत्या गरेको आरोपमा भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ किशानपुर बस्ने रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको अप्राकृतिक करणी गरी हत्या भएको हो ।
सबैला नगरपालिका वडा नं. ७ मठिहन बस्ने २२ वर्षीय भिनाजु रामबहादुर सदा पक्राउ परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
बालकलाई मलद्वारमा करणी गरि हत्या गरेको अभियोगमा धनुषाको सवैला नगरपालिका सदा पक्राउ परेका हुन् । किसानपुर बस्ने रामेश्वर सदाको छोरा वर्ष ५ को रुपेश सदा घरबाट हराएका थिए ।
खोजतलास गर्दै जाने क्रममा शुक्रबार दिउँसो १ : ३० बजेको समयमा सोही ठाउँका कृषी ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा मृत फेला परेको थियो ।
मृतक बालको नातामा दिदी पर्ने २ जनाले शवदेखि शवलाई उठाई घरमा लगि राखेको खबर प्रहरीलाई प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षकको कमाण्डमा घटनाको छानविन थालिएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटेको टोलीले मृतक लाशक जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो ।
पक्राउ परेका सदाले आफ्नो सालो नाता पर्ने मृतक रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाई संगै साथमा माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन (मलद्धारमा) करणी गरेर हत्या गरेका हुन् ।
करणी गरिरहेको अवस्थामा बालक वेहोस भएपछि रामबहादुर सदाले मृतकले लगाएको कन्दनी (डारा ) ले घाँटी कसी हत्या गरेको भन्ने प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी मिश्रले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो करिब १२ बजेदेखि हराएपश्चात खोजतलास गर्दा शुक्रवार दिउँसो करिब डेढ बजेको समयमा किशानपुरस्थित कृषि ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा पाँच वर्षीय बालकको शव फेला परेको थियो।
प्रारम्भिक अनुसन्धानमा भिनाजु रामबहादुर सदाले सालो नाता पर्ने रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाइ माछा मार्न भनेर साथमा लगेर बालकलाई अप्राकृतिक करणी गरिरहेको अवस्थामा बालक बेहोस भएपछि रामबहादुरले बालकले लगाएको कन्दनीले घाँटी कसी हत्या गरेको प्रवक्ता मिश्रले बताए।
रामबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।