विराटनगरमा रेमिडिसिभर औषधि चालाइएका कोरोना सक्रमित पुरुषको मृत्यु
प्रदेश नं १ स्थित विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
केन्द्रका संयोजक चिकित्सकका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो।
कोरोना पोजिटिभ भएसँगै अशोज ४ गते बिहान ११ बजे केन्द्रमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको थियो ।
स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि अशोज ६ गते राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो।
गएको ४ दिनदेखि बिरामीमा श्वासप्रश्वासको समस्या बढ्दै गएको डाक्टरले जानकारी दिए। यसक्रमा बिरामीमा रेमडिसिभर औषधि समेत चलाउँदै आएको उनले बताए।
प्रदेश १ मा अहिलेसम्म कोरोनाका कारण कुल ६८ जनाको मृत्यु भएको छ।