Logo
१६ कार्तिक २०८१, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ दूतावास घेर्न पुगेका नेविसंघ नेताहरू पक्राउ

चिनियाँ दूतावास घेर्न पुगेका प्रतिपक्षी दल नेपाली कांग्रेसको भतृसंगठन नेपाल विद्यार्थी संघका आधा दर्जन नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । सोमबार नेपालस्थित् चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नेविसंघ पूर्व महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा चिनियाँ दूतावास घेर्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरि मालीगाउँस्थित् प्रहरी प्रभागमा राखेको छ

पक्राउ पर्नेहरुमा नवराज त्रिपाठी, प्रमिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, पर्वत खड्का र दिपेन्द्र खड्का रहेका छन् । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै आफूहरुले देशैभरि प्रदर्शन गर्न लागिएको काफ्लेले जानकारी दिए ।

नेपाली भूमि मिचेको विरोधमा आफुहरुले विरोध तथा प्रदर्शन कार्यक्रम सातै प्रदेश ७७ वटै जिल्लामा पुर्याउने तयारी गरेको काफ्लेको भनाई छ । आजको विरोध प्रदर्शनमा करिब २५ जना सहभागी थिए ।

तस्विर : मुकुन्द कालिकोटे

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्