Logo
१६ कार्तिक २०८१, शुक्रबार
(September 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री हेरफेर भागबण्डाबाटै मिलाउन नेकपा अध्यक्षद्वय ओली र दाहाल बालुवाटारमा

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने भएको हो । ६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो भने मन्त्रिपरिषद् पुर्नगठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालयका केही सदस्यलाई समेत मन्त्रिपरिषदमा समेट्नुपर्ने पक्षमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भइरहेको निकट नेताहरू बताउँछन् ।

यद्यपि, विभिन्न विकल्पमा छलफल भएपनि उनीहरूबीच ठोस सहमति भने भएको छैन ।त्यसयता बिहीबार, शुक्रबार र हिजो दुई अध्यक्षबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन ।

केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा उहाँहरूबीच सहमति बन्न नसकेको बताइन्छ ।

प्रकाशित मिति: Sep 28, 2020

प्रतिक्रिया दिनुहोस्