बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
मन्त्रिपरिषद बैठक बालुवाटारमा आकस्मिक दिउँसो १२ बजे बस्ने भएको छ । ।
सत्तारूढ नेकपाले मन्त्रिपरिषद् पुर्नगठन गर्न गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । सोही तयारी अनुसार प्रधानमन्त्री ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद् बैठक प्रायः सोमबार नियमित बस्ने गरेको थियो । सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीे ओलीले गत शुक्रबार मन्त्रिपरिषद् बैठकमा ‘केही मन्त्रीको बिदाइ र केहीलाई निरन्तरता दिनेगरी पुनर्गठन गर्ने संकेत गरेका थिए ।
त्यसअनुसार छलफल र गृहकार्य तीव्र पारिएको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन् ।