मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुग्यो
मध्य अमेरिकीराष्ट्र मेक्सिकोमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ ।
मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल संख्या सात लाख १५ हजार ४५७ पुगेको छ ।
मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड-१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो ।
हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ ।