Logo
१७ कार्तिक २०८१, शनिबार
(September 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा ओली-प्रचण्डबीच भटवार्ता जारी, यी विषयमा छलफल गदैँ

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता आज पनि बालुवाटारमा वार्ता जारी छजारी छ ।

बिहान १० बजेदेखि जारी छलफलमा मन्त्रिपरिषद् हेरफेर, पार्टी एकताका बाँकी रहेका काम, संवैधानिक नियुक्तिलाई पूर्णता दिने विषयमा सघन वार्ता चलिरहेको स्रोतले जानकारी दियो ।

त्यस्तै अध्यक्षद्वय ओली, प्रचण्डले संवैधानिक नियुक्ति र एकताका बाँकी काम टुंग्यान गृहकार्य गरिरहेको स्रोतको दाबी छ । नेकपामा ३२ विभाग, ५ निकाय (अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), जनसंगठनहरू, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको विषयमा कुराकानी भैरहेको छ ।

मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्धयलाई जिम्मेवारी दिएको छ ।

नेकपाले जतिसक्दो चाँडो मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेको छ । सचिवालय बैठकमा नै यो विषयमा छलफल भएको थियो ।

गत भदौ २६ गते सकिएको पाँचौं स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । असोज ४ गते पेरिसडाँडामा बसेको ६८औं सचिवालय बैठकमा नीतिगत छलफल पनि भएको थियो ।

 

प्रकाशित मिति: Sep 25, 2020

प्रतिक्रिया दिनुहोस्