Logo
३ माघ २०८१, बिहीबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली भूमि अतिक्रमण गरेर भवन नबनाएको चीनको दाबी

चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन नबनाएको दावी गरेको छ ।

उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको पनि चीनको दाबी छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

नेपाल-चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्