Logo
६ आश्विन २०८१, आईतबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप १३ सय ५६ कोरोना संक्रमित थपिए, ८२३ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ। आज देशभर संस्थागत आइसोलेसनमा ९ हजार १९३ रहेको छ।

Century masala 3
पछिल्लो २४ घण्टामा थप ११ हाजर १५४ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ।

पछिल्ले २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४८ हजार ६१ रहेको छ

Bidh Lab
निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्