वैशाखयता बाढी, पहिरो र चट्याङका कारण देशभर ३३६ जनाको मृत्यु, १०१ बेपत्ता
देशभर बाढी, पहिरो र चट्याङका कारण ३३६ जनाको मृत्यु भएको छ । साथै १ सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार जेठ ३० गते मनसुन सुरु भएयता बाढी, पहिरो र चट्याङका कारण देशभर ३ सय ३६ जनाको मृत्यु, १ सय एकजना बेपत्ता र २ सय ९६ जना घाइते छन्।
वैशाखयता बाढी र पहिरोमा परि देशभर ३ सय ९ जनाको ज्यान गएको छ । साथै एक सय २ जना बेपत्ता भएका छन्।
अस अवधिमा चट्याङका कारण ६२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
वैशाख १ गतेयता बाढीका कारण ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्। पहिरोमा परि २ सय ७० जनाको मृत्यु भएको छ। यसैगरि ६६ जना बेपत्ता छन् भने २ सय ६ जना घाइते छन्। चट्याङ लागेर घाइते हुनेको संख्या २ सय १ रहेको छ।