काठमाडौ सहित देशभर भुकम्पको ठूलो धक्का महसुस
बुधबार बिहानै काठमाडौं उपत्यका सहित देशभर शाक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। समाजिक संजालहरुमा काठमाडौ बाहिर पनि धक्का महसुस गरिएको कुराहरु आईरहेको छ ।
काठमाडौंमा बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पका कारण मानिसहरु सडकमासमेत निस्केका छन्।
बागमती प्रदेश स्थित सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको बताईएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।