Logo
६ आश्विन २०८१, आईतबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनस्थलमै बिरामीको उपचार गर्दै डा. केसी

जुम्लामा डा. गोविन्द केसीले अनसन बसेकाे अवस्थामै बिरामीको उपचार गर्न थालेका छन् । चन्दननाथ नगरपालिका- ६ रानीचौको बाबिरा मष्टोको मन्दिर परिसरमा १९ औँ पटक सत्याग्रह सुरु गरेका डा. केसीले बिरामीको उपचार गर्न थालेका हुन् ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसन बसेका डा. केसीले भोकभोकै बिरामी जाँच्न थालेका हुन् ।

अनसन बसे पनि आफू अन्तिम सास रहुन्जेल बिरामीको सेवा गर्न नछोड्ने डा. केसीले बताएको उनका सहयोगी महेन्द्र कार्कीले बताए । ‘अनसनस्थलमा नै बिरामी आउन थालेपछि उहाँले अनसनस्थलमा बिरामीको उपचार गर्न थाल्नु भएको छ,’ उनले भने, ‘सेवा नै धर्म हो भन्ने मान्यताका साथ उहाँले बिरामीको उपचार गर्न थाल्नु भएको हो ।’

अनसन बसेको ठाउँमा अहिले बिरामी आउन नरोकिएका कारण उनले उपचार गर्न थालेको कार्कीले जानकारी दिए । डा. केसी अनसन बसेको आज दोस्रो दिन हो ।  

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्