Logo
६ आश्विन २०८१, आईतबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सवारी लाइसेन्स नवीकरण गर्न सर्वसाधारणको भीड

यातायात सेवा कार्यालयले सेवा संचालन गरेसँगै सवारी करको जरिमाना तिर्नुपर्ने भन्दै सवारी लाइसेन्स नवीकरण र कर तिर्न सर्वसाधारणको भीड लागेको छ ।

आइतबारबाट सेवा सुरु भएपछि उपत्यकाका यातायात कार्यालयले भीड व्यवस्थापन गर्न नसक्ने भन्दै कर तिर्नुपर्ने, नवीकरण गर्नुपर्ने समय ९० दिन थप्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई आग्रह गरेका छन् ।

सोमबार उपत्यकाका चार वटा यातायात सेवा तथा सवारी कार्यालय प्रमुखले संयुक्त निर्णय गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पठाएका हुन् ।

यातायात व्यवस्था कार्यालयका प्रमुख गोगन हमालका अनुसार निषेधाज्ञापश्चात जरिमाना लाग्ने डरले कर तिर्न तथा नवीकरण गर्न आउने सेवाग्राहीको भीड व्यस्थापनमा समस्या आएको र कोरोनाको जोखिम बढेकाले समय थप गर्न आग्रह गरिएको हो ।

लकडाउनको कारण धेरै सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतीपत्र नवीकरण, सवारी कर तथा नवीकरणलगायतका काम गर्न नपाएपछि बागमती प्रदेश सरकारले लकडाउन सुरु भएपछि म्याद सकिएकाको लागि भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिमाना नलाग्ने निणर्य गरेको थियो ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्