Logo
६ आश्विन २०८१, आईतबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपालमा दुई हजारमै पीसीआर टेष्ट हुने

अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुने भएको छ ।

ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट गर्न सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको कम्पनीका सञ्चालक भीम भण्डारीले जानकारी दिए ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पीसीआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा बिधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ ।

पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको भण्डारीले जानकारी दिए ।

एउटै पीसीआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको भण्डारीले बताए ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्