ओली प्रचण्ड मिलेपछि नेपाललाई तनाव : बैठकमै ब्यक्त गरे आपत्ति
पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक शुक्रबारदेखि सुरु भएको हो ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले १८ गतेको सचिवालय बैठकमा राखेको १५ बुँदे सहमतिमा आफ्ना कुरा नसमेटिएको भन्दै माधव कुमार नेपाल कडा रुपमा प्रस्तुत भएको छन् ।
बैठकमा सहभागी एक सदस्यका अनुसार बोल्नेमा अधिकांश माधव कुमार नेपाल पक्षधरका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्को रुपमा उठाएपछि विवादमा फसेको नेकपाको स्थायी समिति बैठक ७१ दिनपछि सौहार्द रुपमा सुरु भएको हो।
उनीहरुले कार्ययोजना माथि टिप्पणी गरेका थिए। अष्टलक्ष्मी शाक्य, भीम आचार्य, देव गुरुङ, घनश्याम भुसाल, लिलामणी पोखरेल लगायतले बैठकमा आफ्ना कुरा राखेका छन्।
पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकमा कार्यदलको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र दाहालले तयार पारेको मिलापत्र ९कार्ययोजना० पेश भएको एक स्थायी समिति सदस्यले जानकारी दिए। कार्ययोजना पेश गर्दै अध्यक्षले बैठकलाई सम्बोधन गरिरहेका छन्।
ओलीविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग मिलर मोर्चाबन्दी गरे पनि यसअघि नै भएको कार्यकारी अध्यक्षको जिम्मेवारी पाउने निर्णयलाई थप परिभाषित गर्दै दाहाल अघि बढ्न सहमत भएका छन्।
महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्य कार्यदलले दिएको सुझावलाई आधार बनाउँदै ओली दाहालले तयार पारेको विवाद समाधानको कार्ययोजना स्थायी समितिमा पेश भएको छ।
उक्त कार्ययोजनामा ओलीले संसदको यो कार्यकालभर सरकार सञ्चालन गर्ने, दाहाल कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काममा केन्द्रित हुने, सरकार तथा पार्टीका निर्णय आपसी छलफलबाट गर्ने, पूर्व निर्धारित चैतको अन्तिम हप्ता एकताको महाधिवेशन गर्ने, पार्टी एकताको बाँकी काम एक महिनाभित्र सम्पन्न गर्ने र केन्द्र तथा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गर्ने जस्ता विषय प्रस्तुत कार्ययाजनामा समेटिएको छ।
कार्ययोजनामा वरिष्ठ नेता नेपालले उठाउँदै आएको एक व्यक्ति एक पद जस्ता विषय भने समेटिएको छैन। गत १८ गते बसेको सचिवालय बैठकमा नेपालले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा १५ बुँदे असहमित राखेपछि ओली दाहालले स्थायी समितिमा पेश गरेको प्र्रस्तावमा त्यसलाई समेटिएको छैन।
आफ्ना कुरा नसमेटिएपछि नेपाल पक्षले बैठकमा उक्त विषयलाई उठाउने तयारी गरेको छ। अध्यक्षद्वयले प्रस्ताव पारित गरेर असार १० गते सुरु भएको स्थायी समिति बैठक अन्त्य गर्ने तयारी गरेका छन्।