Logo
६ आश्विन २०८१, आईतबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय उडानको संख्या थप गरिने

अन्तर्राष्ट्रिय उडानको संख्या थप गरिने भएको छ । पीसीआर परीक्षण नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने समझदारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र पर्यटनमन्त्रीका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।

नेपाली नागरिक कार्यरत कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने पनि उनले जानकारी दिए । त्यस्तै, मन्त्रालयहरूबीच श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि भने श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगकाे समन्वयमा उडानको व्यवस्था गर्ने समझदारी भएको छ ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्