Logo
१७ कार्तिक २०८१, शनिबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमै बसेर आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री केपी ओलीले  घरमै बसेर आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान गरेका छन् ।

ओलीले कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वान गरेका हुन् ।

पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताए ।

उनले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् ।आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ ।

आज अष्टमी जितियाको मुख्य दिन हो ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्