काठमाडौंसहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या २ हजार ३ सय ४ पुग्यो
काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या २ हजार ३ सय ४ पुगेको छ ।
हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४ पुगेको हो । काठमाडौं उपत्यकामा मात्रै ७७३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
एक हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । जसमध्ये १३ सय ४ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ र काठमाडौं उपत्यकाका ६९८ जना सक्रिय संक्रमित छन् ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १४२ , प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ७२, गण्डकीमा ८३, प्रदेश ५ मा १०९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।