Logo
१७ कार्तिक २०८१, शनिबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप ५४ वर्षीय पुरुषको मृत्यु

प्रदेश नं २ स्थित वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका-३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो ।

अस्पतालका चिकित्सक डा.नौसाद अलीका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पठाएको थियो ।

उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

फुल अक्सिजन दिएर आईसीयूमा राखेका थियौं, १२ बजेतिर बढी गाह्रो हुन थाल्यो’ डा. अलीले भने ‘सीपीआर गर्नेदेखि लिएर गम्भीर अवस्थाबाट बाहिर ल्याउन एक घण्टासम्म कोशिस गर्‍यौं । तर बचाउन सकिएन ।’

वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो । विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

 

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्