Logo
१३ मंसिर २०८१, बिहीबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प असभ्य टिप्पणीलाई लिएर आलोचित, पत्रकारमाथी ‘निच व्यक्ति’ भन्दै आक्रोस

युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको ‘असभ्य’ टिप्पणीबारे गोल्डबर्गले लेखेका स्टोरीका कारण राष्ट्रपति ट्रम्प आलोचित भएका  छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो बारेमा रिपोर्टिङ्ग गरेका द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि खनिएका छन् ।

उनले द एट्लान्टिकका पत्रकारलाई ‘निच व्यक्ति’ का रुपमा चित्रित गरेका हुन् ।यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि पनि खनिएका छन् ।

ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘बुद्धु’ भनेको खबर सबैभन्दा पहिले द एट्लान्टिकका गोल्डबर्गले लेखेका थिए ।

त्यसपछि अन्य सञ्चारमाध्यमले पनि यो खबरको पुष्टि गरेका थिए । द एट्लान्टिकका अनुसार ट्रम्पले सन् २०१८ मा फ्रान्स भ्रमणमा रहेका बेला पेरिसको बाहिरी क्षेत्रमा रहेको अमेरिकी सेमेट्रीको यात्रा रद्द गरेका थिए ।

उनले सेमेट्री ‘हारेकाहरुले भरिएको’ भन्दै यात्रा रद्द गरेको म्यागेजिनको दाबी छ । पूर्व अमेरिकी सैनिकहरुको समूह र सैनिकका परिवार तथा आफन्तहरुले अहिले ट्रम्पको आलोचना गरिरहेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने ट्रम्पको यात्रा खराब मौसमका कारण रद्द भएको बताएको थियो ।

ट्रम्पले यो खबर झुठो भएको दाबी गर्दै पत्रकारलाई निच भनेर गाली गलौज गरेको अमेरिकी सञ्चारमाध्यममा जनाइएको छ ।

उनले यो बेकार पत्रिकाको घृणित कार्य भएको आरोप लगाएका छन् । तलब भत्ता, सुविधा बढाएर मुलुकका यी नायक सेनाको आफुले जति कदर आजसम्म कसैले नगरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

ट्रम्पले भने ‘फेक न्यूज’ भन्दै आफ्नो बचाउ गरिरहेका छन् । उनले पत्रकारलाई निच भनेर आफूलाई बचाउने प्रयास गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

खबर बाहिरिएपछि आउँदो नोभेम्बर ३ मा हुने चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडेनले ट्रम्प अमेरिकालाई नेतृत्व प्रदान गर्न ‘अयोग्य’ रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यदी खबर सत्य हो र सो देखिन्छ पनि ट्रम्पले भनेका कुराहरुका आधारमा, यो अति घातक हो । अपमानजनक छ ।’

पूर्व अमेरिकी सैनिकहरुको समूहले घटनाको निन्दा गरेको छ । सैनिकका परिवार तथा आफन्तहरुले पनि उनको आलोचना गरिरहेका छन् ।

 

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्