Logo
१७ कार्तिक २०८१, शनिबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका १५ का ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सञ्‍चार सयोजक हरि बोहोराका अनुसार छातीमा समस्या भएर उनी भदौ १२ गते अस्पताल भर्ना भएका थिए ।

भेन्टिलेटरको सहायतामा राखेर उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको बोहोराले जानकारी दिए । उनको भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्