Logo
६ आश्विन २०८१, आईतबार
(September 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष गरी कुल १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४५ हजार नाघेको छ । आजसम्म ४५ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५ सय ६६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६० प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ५७ हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति: Sep 5, 2020

प्रतिक्रिया दिनुहोस्