Logo
१३ मंसिर २०८१, बिहीबार
(September 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमा कोरोनाबाट ८ लाख ७३ हजार भन्दा बढीको मृत्यु

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ८  लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ ।

सङ्क्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।
अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यहाँ ३५ लाख ७५ हजार ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।

भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७० हजार १४५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४०५ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ४१ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६१८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३३ हजार १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५६३ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख १६ हजार ८९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३० हजार २८७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ३२९ जनाको मृत्यु भएको छ ।

स्पेनमा ४ लाख ८८ हजार ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २३४ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ५१ हजार १९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार ४६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ३६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Sep 4, 2020

प्रतिक्रिया दिनुहोस्