Logo
६ आश्विन २०८१, आईतबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेव-खतिवडामा को बन्ला राष्ट्रिय सभा सदस्य ? टुंगो लगाउन सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बैठक सुरु भएको हो ।

यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।

गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबार बोलाइएको हो ।

बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसबाहेक बैठकमा राष्ट्रिय सभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णय छलफल गर्ने नेताहरुको तयारी छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन सकेको छैन ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्