Logo
१३ मंसिर २०८१, बिहीबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना महामारीका कारण १० करोड मानिस बेरोजगार बन्ने : UNDP

राष्ट्रसंघीय महिला र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडिपी)का अनुसार कोरोना महामारीको असरका कारण आगामी वर्ष करिब १० करोड मानिस चरम बेरोजगारीको सिकार बन्ने जनाएको छ ।

राष्ट्रसंघीय महिला र संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडिपी)का अनुसार महामारीको असरका कारण आगामी वर्ष करिब १० करोड मानिस चरम बेरोजगारीको सिकार बन्ने छन् । जसमध्ये आधा भन्दा बढी महिला हुने राष्ट्रसंघको अनुमान छ ।

संयुक्त राष्ट्रसंघको विकास कार्यक्रमले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट विस्थापित हुनेहरुको संख्या बढ्दै गएकाले त्यसको असर दीर्घकालीन रुपमा देखा पर्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ ।

आगामी वर्ष साढे चार करोड भन्दा बढी महिला तथा केटाकेटी गरिबी र अभावबाट प्रभावित हुने राष्ट्रसंघको पूर्वानुमान छ ।

राष्ट्रसंघका अनुसार गरिब र अल्प विकसित देशका महिला तथा बालबालिकाले कोरोना महामारी पछि अनौपचारिक क्षेत्रका श्रमिकहरुको दैनिकी कष्टकर हुने जनाएको छ ।

महत्वपूर्ण रोजगारी गुमाउँदा पुरुष भन्दा महिला नै बढी प्रभावित हुने राष्ट्रसंघको आँकलन छ ।राष्ट्रसंघकी महिला विभाग प्रमुख फुम्जाइल मेलाङ्गो एनगकाकाले समाजको अर्थव्यवस्थाका कारण महामारी लगत्तै महिला तथा बालबालिकाका सबैभन्दा बढी प्रभावित हुने बताए ।

उनले महामारी बढ्दै जाँदा पुरुषको तुलनामा महिलाहरुले चाँडै रोजगारी गुमाएको राष्ट्रसंघको एक अध्ययनले जनाएको छ ।

अनौपचारिक क्षेत्रमा बढी काम गर्ने महिलाहरुको बेरोजगारीको दर बढेको हो ।आईएलओका अनुसार यस वर्ष जुन महिनामा कोरोना महामारीका कारण हजारौं घरेलु कामदारले रोजगारी गुमाएका छन् ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्