वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
बाग्मती प्रदेश स्थित काडमाण्डौको वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार भदौ १० गते झुन्डिएको अवस्थामा फेला पारेपछि आफन्तले उनलाई वीर अस्पतालको आईसीयूमा भर्ना गरेका थिए ।
र आज बिहान ती पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ १६ गते आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।