Logo
१० मंसिर २०८१, सोमबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ बाट सकारात्मक सन्देशको प्रवाह : कोरोनामुक्त भएर घर जाँदा छिमेकीको स्वागत

प्रदेश १ स्थित विराटनगर महानगरपालिका-१२ का किशोर धमला २० दिनपछि कोरोना मुक्त भएर घर पुगेपछि उनको खुसीको सीमा रहेन । २० दिन होल्डिङ आइसोलेसनमा बसेका उनलाई घर जान पाएका थिए  ।

संक्रमणमुक्त भएपछि घर पुगेका उनलाई छिमेकीहरुले स्वागत गरे । मंगलबार संक्रमण मुक्त भएका धमला, उनकी श्रीमती र छोरीलाई छिमेकीले फूलका गुच्छा दिएर स्वागत सम्मान गरे ।

कोरोना संक्रमणमुक्त भएकाहरुलाई समाजमा तिरस्कृत गरेको विषय नयाँ होइन् । तर आलोक टोलका स्थानीयबासीले भने संक्रमणमुक्त भएर आएकालाई स्वागत गरे ।

संक्रमणमुक्त भएकाहरुलाई समाजले अर्कै व्यवहार गरेका धमलाले पनि सुनेका थिए । आफ्नो टोलबाट नयाँ सन्देश दिएकाले खुसी लागेकेा उनले बताए ।

नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्षसमेत रहेका धमलालाई साउन २८ गते बुधबार कोरोना पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी मारवाडी सेवा सदनमा बसे ।

उनको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोराको रिपोर्ट पनि भदौ १ गते पोजेटिभ आएको थियो । लक्षण नदेखिएपछि तीन जनाले ‘होम आइसोलेसन’ बसेका थिए ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै धमलासहित श्रीमती र छोरी उपचारपछि मंगलबार कोरोना मुक्त भएका छन् । स्थानीय जगदिश तिम्सिनाले सकारात्मक सन्देश प्रवाह गर्न स्वागत सम्मान गरिएको बताए ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्