Logo
१९ पुस २०८१, शुक्रबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दही र ज्वानो खानुहोस् ग्याष्टिक साथै अल्सरबाट छुट्करा पाउनुहोस् !

हाम्रो नेपाली समाजमा ग्याष्टिक रोग एक जटिल समस्या बनिरहेको छ । पछिल्लो समयमा खानपिन , जिवनशैलि, शारीरिक व्याम जस्ता कुराले गर्दा हाम्रो नेपाली समाजमा ग्याष्टिक रोग बढीरहेको छ।

अहिलेको मानिसहरु श्रम गर्न रुचाउदैनन् र उनिहरुको खानपिन एकदम मसलादार हुने गर्दछ । तर व्याममा त्यति ध्यान दिदैनन् त्यसकारणले पनि यो रोग एक जटिल समस्या भएर देखा परेको छ नेपालीको स्वास्थ्यमा त्यसैगरि हामीले गाउँले खाना भन्दा शहरीयाँ खानामा विशेष जोड दिदै गइरहेका छौ ।

हामीले प्राकृतिक उत्पादनको खाना भन्दा प्याकेजिङ फुडमा बढी आकर्षण हुने गछौ जस्तै चाउचाउ, विस्कुट, लेज,कुरकुरे, मःम आदि जस्ता प्याकेजिङ खाना बढी खाने गछौ फलस्वरुप हामीले ग्याष्टिक रोगलाई पनि निम्त्याइरहेका हुन्छौ त्यसैले अहिलेको बदलिदो समाजसँगै रोगको पनि विकास हुदै गइरहेकोे छ ।

हामी कति जना ग्याष्टिकले हैरान भएका छौ होला उपचार गर्दा गर्दै जति उपचार गर्दापनि निको नभएर हैैन?हाम्रो कति पैसा खर्च भयो होला औषधी खाँदाखाँदै तर पनि समस्या झन जटिल बन्दै गएर झन चिन्तामा छौ भने चिन्ता नलिनुहोस् मात्र दही र ज्वानोले तपाइको ग्याष्टिक निको पार्दछ । केवल हजुहरुले एक पटक पयोग गरेर हेनुहोस् ।

विधि

  1.   दही र ज्वानो

पहिला लपाइले चिनि नराखेको आधा गिलास दही लिनुहोस् । त्यस पछि काँचो वा भुटेको ज्वानो १ चम्चा लिनु र त्यसलाई मज्जाले मसिनो गरि पिस्नुहोस् ।

मसिनो गरि पिसेकोज्वानोको धुरोलाई चिनी नराखेको दहीमा राम्रोसँग मिलाउनुहोस घोलेर त्यसपछि तपाईले खाना खानु १ घण्टा अघि खानुहोस् अथवा खान खाइसकेपछि १ घण्टा पछि खानुहोस् तपाइले यसलाई खान अघि अथवा खाँना पछि सुकै समयमा पनि खान सक्नुहुन्छ यसरी नियमित सेवन गर्नुभयो भने ग्याष्टिक मात्र निको नभई आन्द्रामा भएको अल्सर पनि निको हुने गर्दछ ।

2.अकवरे खुर्सानी

अर्को अकवरे खुर्सानी पनि दिनको एउटा प्रयोग गर्न सक्नुहुन्छ तर त्यसको लागि तपाइको ग्याष्टिक कुन तहमा पुगेको छ त्यो जान्न जरुरी हुन्छ ।

ग्याष्टि सामान्य तहमा छ भने यो प्रयोग गर्न उपयुक्त हुन्छ तर ग्याष्टिको तह जटिल अवस्था भइसकेको छ भने तपाइले अकवरे खुर्सानी नखानुहोला किन भने यदि आन्दामा घाउ भएको भए थप समस्या निम्त्याउन सक्छ त्यसैले त्यस्ता विरामीलाई नखान सल्लाह दिन्छु।

किनकि हामीले घाउँभएको बेला खुर्सानी खाएर घाउँ जटिल बनेर क्यान्सर बन्न पनि सक्छ त्यसकारण हामी होसीयार बन्नु पर्छ

 

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्