Logo
१७ कार्तिक २०८१, शनिबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका एक पुरुषको कोरोनाबाट मृत्यु

बाग्मती प्रदेश स्थित चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका थप एक ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ का ५८ वर्षीय पुरुषको आज बिहान २ः५२ बजेको समयमा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार आइतबार अस्पतालमा भर्ना भएका उनको सोमबार कोरोना पुष्टि भएको थियो ।

ती पुरुषलाई कडा खालको निमोनियाँ र श्वासप्रश्वासको समस्या देखिएपछि सघन कक्ष (आईसीयू) मा भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. लम्सालले बताए ।

योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने मकवानपुरका मात्रै चारजना पुगेका छन् ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्