Logo
१७ कार्तिक २०८१, शनिबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्धको खोप बनाउन भइरहेको हडबडले जोखिम झनै बढाउन सक्ने : WHO

विभिन्न देशले कोरोना भाइरसविरुद्धको खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबडले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएकोछ ।

विश्व स्वास्थ्य संगठनले विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो ।

अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन् ।

डब्ल्यूएचओकी वैज्ञानिक सोम्या स्वामीनाथनले केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको बताउँदै अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्